बागलुङ । ग्लोबल मनी वीकको अवसरमा प्रभु बैंक बडिगाड शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ‘प्लान योर मनी प्लान योर फ्युचर ’ भन्ने नाराका साथ शाखाले बडिगाड गाउँपालिका- ७ जनक स्कुलमा शनिबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे हाे।
कार्यक्रममा प्रभु बैंक शाखा प्रबन्धक शिव केसीले वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दिँदै सही तरिकाले पैसाको प्रयोग गर्न सक्ने ज्ञान, मोबाइल बैकिङ, वित्तीय लक्ष्य निर्धारण लगाएतको बारेमा जानकारी दिए ।
कार्यक्रममार्फत विवेकपूर्ण तरिकाले पैसाको प्रयोग गर्न सक्ने ज्ञान र सीप बढाउने, अल्पकालीन र दीर्घकालीन वित्तीय लक्ष्य निर्धारण गर्न सिकाउने काम भएको प्रबन्धक केसीको भनाइ छ ।
साक्षरताले सहभागी व्यक्तिहरुलाई पैसा वा सम्पत्तिलाई परिचालन गर्ने ज्ञान वृद्धि गर्न, गर्नुपर्ने खर्चहरुको योजना गर्न, वित्तीय सेवा सम्बन्धी आवश्यक सूचनाहरू प्राप्त गर्न टेवा पुग्ने विश्वास लिइएको छ।
युवाहरुबीच वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यका साथ विश्वभर मार्च १८ देखि २४ सम्म मनाउन लागिएको ‘ग्लोबल मनि विक’ नेपालमा पनि राष्ट्र बैंकको संयोजनमा देशभर विभिन्न कार्यक्रमका साथ मनाइरहेको प्रभु बैंकले जनाएको छ ।