शालनालसहित जंगलमा भेटियो नवजात शिशु

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर रानाले भने, ‘शिशुलाई अचेत अवस्थामा उद्धार गरी उपचारका लागि पोखरा पठाएका थियौं । अस्पताल पुर्याउने बित्तिकै चिकित्सकबाट मृत घोषणा भयो ।’

शालनालसहित जंगलमा भेटियो नवजात शिशु
पोखरा । स्याङ्जाको जंगलमा शालनालसहित भेटिएको नवजात शिशु (छोरी) को मृत्यु भएको छ । शिशुको पोखरास्थित गण्डकी मेडिकल कलेज पोखरामा ल्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । शालनालसहितको शिशु बुधबार दिउँसो चापाकोट नगरपालिका वडा नं ९ बाटरास्थित सामुदायिक जंगलमा अचेत अवस्थामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर रानाले भने, ‘शिशुलाई अचेत अवस्थामा उद्धार गरी उपचारका लागि पोखरा पठाएका थियौं । अस्पताल पुर्याउने बित्तिकै चिकित्सकबाट मृत घोषणा भयो ।’ प्रहरीले शिशुकी आमालाई पक्राउ गरेर ज्यान मुद्दा चलाएको छ । पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं। ३ काफलडाँडाकी ३९ वर्षीया माया भन्ने जयन्ती नेपाली रहेकी छन् । नवजात शिशुलाई जन्म दिएर जंगलमा छाडेर नेपाली अस्पताल गएको अवस्थामा पक्राउ गरिएको पहरी नायव उपरीक्षक (डीएसपी) रानाले जानकारी दिए । उनका अनुसार नवजात शिशुलाई त्याग्न नपाइने कानून रहेकाले नेपालीलाई ज्यान मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको छ ।