काठमाडौं । नेपाल प्रहरीका २५ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) मा बढुवा सिफारिस भएका छन् ।
बिहीबार प्रहरी प्रधान कार्यालयलमा बसेको बढुवा सिफारिस समितिको बैठकले रिक्त सई पदमा बढुवा सिफारिस गरेको हो ।
प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह, सञ्चारतर्फका सहायक निरीक्षकहरुलाई सोही समूहको नायव निरीक्षकमा बढुवा सिफारिस गरिएको प्रधान कार्यालयले जनाएको छ ।

