कोदालो प्रहारबाट श्रीमतीको मृत्यु, घाइते दुई जना कर्मचारीलाई हेलिकप्टरबाट नेपालगञ्ज लगियो

बिहीबार धामीले श्रीमती पार्वतीमाथि कोदालोको बिँडले आक्रमण गरेका थिए। घाइते पार्वतीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कोदालो प्रहारबाट श्रीमतीको मृत्यु, घाइते दुई जना कर्मचारीलाई हेलिकप्टरबाट नेपालगञ्ज लगियो
बैतडी । बैतडीमा कोदालो प्रहार गरेर एक महिलाको हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार डिलाशैनी गाउँपालिका– ७ धामीगाउँकी ५६ वर्षीया पार्वती धामीको हत्या गरिएको हो। हत्या संलग्नताको आरोपमा उनकै श्रीमान् ६२ वर्षीया किसन सिंह धामीलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार धामीले श्रीमती पार्वतीमाथि कोदालोको बिँडले आक्रमण गरेका थिए। घाइते पार्वतीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। धामीले अन्य दुई जनामाथि पनि कोदालो प्रहार गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक नन्दराज जोशीका अनुसार कोदालो प्रहारबाट बैतडीको दशरथ चन्द नगरपालिका–९ का २९ वर्षीय सुवास कलौनी र डिलाशैनी गाउँपालिका–३ का २६ वर्षीय देवराज भट्ट गम्भीर घाइते भएका छन्। उनीहरुको टाउकोमा गम्भीर चोट लागेपछि थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ। घाइते कलौनी डिलाशैनी गाउँपालिकाको उद्यम विकास शाखा प्रमुख हुन्। भट्ट डिलाशैनी गाउँपालिकामा कार्यालय सहयोगीका रुपमा कार्यरत छन्। उनीहरु धामीको घरमा डेरामा बस्दै आएका थिए।