श्रीलंका उडे विनोद चौधरी

बिहीबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई बयान दिएका चौधरी दिउँसो १स्५७ बजेको श्रीलङ्कन फ्लाइटमार्फत श्रीलङ्का गएका हुन् ।

श्रीलंका उडे विनोद चौधरी
काठमाडौं । व्यवसायीसमेत रहेका नेपाली कांग्रेसका सांसद विनोद चौधरी श्रीलङ्काका लागि उडेका छन् । बिहीबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई बयान दिएका चौधरी दिउँसो १स्५७ बजेको श्रीलङ्कन फ्लाइटमार्फत श्रीलङ्का गएका हुन् । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा निजीकरण गरेको आरोप लागेपछि उनीमाथि अनुन्धान सुरू भएको थियो । ठीक यहीबेला उनी श्रीलङ्का गएका हुन् । जग्गा प्रकरणमा गत माघ १८ गते सीआईबीले विनोदका भाइ अरुण चौधरी, अध्यक्ष सञ्जय ठाकुर र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरी बयान लिएको थियो ।