यी हुन् मन्त्रिपरिषद् बैठकका चार निर्णय

सूचना तथा सञ्चार प्रविधिमन्त्री समेत रहेकी शर्माका अनुसार ललितपुरका डा. अरनिको पाण्डे, काठमाडौंकी प्रा संगीता सिंह, जुम्लाका डा. कुशरेन्द्रबहादुर महत र पाल्पाका प्रा. शिवराज अधिकारीलाई आयोगको सदस्य नियुक्त गरिएको हो।

यी हुन् मन्त्रिपरिषद् बैठकका चार निर्णय
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा ४ जनालाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ जनालाई आयोगको सदस्यमा नियुक्त गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। सूचना तथा सञ्चार प्रविधिमन्त्री समेत रहेकी शर्माका अनुसार ललितपुरका डा. अरनिको पाण्डे, काठमाडौंकी प्रा संगीता सिंह, जुम्लाका डा. कुशरेन्द्रबहादुर महत र पाल्पाका प्रा. शिवराज अधिकारीलाई आयोगको सदस्य नियुक्त गरिएको हो। यी हुन् मन्त्रिपरिषद्का निर्णयहरु १. नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली सात जना र नेपाली जना तीन जना गरी दश जना पर्वतारोहीहरुलाई सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल– १ (६५९१ मिटर) र जुगल– २ (६५१८ मिटर) हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा दिने । २. नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पद १ मा श्री चुडामणि पौडेललाई बढुवा नियुक्त गर्ने । ३. राष्ट्रिय योजना आयोगको रिक्त ४ सदस्य पदमा प्रा. संगीता सिंह (काडमाडौं), डा. कुसेन्द्रबहादुर महत (जुम्ला), प्रा. शिवराज अधिकारी (पाल्पा) र डा. अरनिकोकुमार पाँडे (ललितपुर)लाई नियुक्त गर्ने ।