सिआईबीलाई बयान दिएपछि विनोद चौधरीले भने- ४५ वर्ष यात्राको सर्टिफिकेट कसैलाई बुझाउनुपर्दैन

सीआईबीले सरकारी वकिलको कार्यालय, काठमाडौंमा आज बिहान चौधरीको बयान लिएको हो। चौधरी आफैं सरकारी वकिलको कार्यालय पुगेका थिए। सिआईबी ले कांग्रेस सांसद चौधरीमाथि सरकारी जग्गा हिनामिना प्रकरणमा छानबिन भइरहेको जानकारी बुधबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई गराएको थियो।

सिआईबीलाई बयान दिएपछि विनोद चौधरीले भने- ४५ वर्ष यात्राको सर्टिफिकेट कसैलाई बुझाउनुपर्दैन
काठमाडौं । अर्बपति व्यापारी एवम् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउन नपर्ने टिप्पणी गरेका छन्। बिहीबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी )ले चौधरीसँग बयान लिएको थियो। उक्त बयानपश्चात् चौधरीले यस्तो टिप्पणी गरेका हुन्। साथै, उनले व्यवसायी‍लाई ‘स्टन्टबाजी’ गर्ने प्रकारका गतिविधिबाट टाढा राख्नुपर्ने अभिव्यक्ति दिएका छन्। आफ्नो जीवनको ४५ वर्षे व्यावसायिक यात्राले सबैकुरा पुष्टी गर्नेसमेत बताएका हुन् । उनले भने, ‘सांसदको रूपमा उद्यमीको रूपमा मैले सिआइबीलाई बयान दिएको छु। सिआइबीले मलाई मौखिक रूपमा बयान लिने जानकारी गराएको थियो मैले आफ्नो कुरा राखेर आएको छु। यो जटिल परिस्थितिमा म जत्तिको मान्छेले यहाँ उभिएर यो भनिरहँदा विश्वभरका व्यवसायीलाई के सन्देश पुग्दो हो? मेरो ४५ वर्षे यात्राको चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनुपर्दैन। खासगरी स्टन्टबाजी गर्नेहरूलाई। व्यवसायी‍लाई यस्ता प्रकारका गतिविधिबाट टाढा राख्नुपर्छ।’ सीआईबीले सरकारी वकिलको कार्यालय, काठमाडौंमा आज बिहान चौधरीको बयान लिएको हो। चौधरी आफैं सरकारी वकिलको कार्यालय पुगेका थिए। सिआईबी ले कांग्रेस सांसद चौधरीमाथि सरकारी जग्गा हिनामिना प्रकरणमा छानबिन भइरहेको जानकारी बुधबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई गराएको थियो। तत्कालीन बाँसबारी छालाजुक्ता कारखानाको १० रोपनी जग्गा तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेड हुँदै अहिले चौधरीको स्वामित्व रहेको सिजी चाँदबाग रेसिडेण्सीमा पुगेको छ।