माओवादी केन्द्रीय सदस्यले गरे पार्टी परित्याग

काठमाडौं । माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी परित्याग गरेका छन् । आफू पार्टीमा संलग्न हुँदा देखेको सपना र अहिले प्रमुख नेतृत्व र सरकारबाट भैरहेको कामको समीक्षा गर्दा आकाश पातालको फरक पाएको भन्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् । जनयुद्धको दौरान आफै…

माओवादी केन्द्रीय सदस्यले गरे पार्टी परित्याग
काठमाडौं । माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी परित्याग गरेका छन् । आफू पार्टीमा संलग्न हुँदा देखेको सपना र अहिले प्रमुख नेतृत्व र सरकारबाट भैरहेको कामको समीक्षा गर्दा आकाश पातालको फरक पाएको भन्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् । जनयुद्धको दौरान आफैंले उठाएको मुद्दाबाट च्युत हुँदै जनादेशविपरीत पटक(पटक गठबन्धन फेरिरहने र देशलाई अस्थिरताको अध्यारो दिशातर्फ धकेलेको महसुस गरेको भन्दै माओवादीमा बसिरहन नैतिकताले नदिएको उनले बताएका छन् ।