बस दुर्घटना : घाइतेहरू मध्ये ५ जना पाेखरा रेफर, अन्यकाे अवस्था कस्ताे छ ?

रुकुम पश्चिम १८ वर्षीया सपना वली, मुसिकोट– ३ का ६० वर्षीय हर्कबहादुर केसी, सोही जिल्लाको सानोभेरी गाँउपालिका– १ का २६ वर्षीय दिनेश खड्का, मुसिकोट– ७ की २१ वर्षीया सोभा थापा र सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिका–२ का २६ वर्षीय देवेन्द्र रिजाल घाइते भएका छन्।

बस दुर्घटना : घाइतेहरू मध्ये ५ जना पाेखरा रेफर, अन्यकाे अवस्था कस्ताे छ ?
५ जनालाई पाेखरा रेफर काठमाडौं । बागलुङको निसीखोलामा गाउँपालिका ६ जाउलेपानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । २६ जना घाइते छन् । घाइते मध्ये १८ जनाकाे अवस्था गम्भीर भएकाे धाैलागिरि अस्पताल बागलुङले जनाएकाे छ । बागमती प्रदेश ०१-००६ख३८७९ नम्बरको बस मंगलबार साँझ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका -६ जाउलेपानीमा दुर्घटना भएको थियो । सात जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको बागलुङ प्रहरीले जनाएको छ । हालसम्म बसमा नाबालिकासहित ३५ जना सवार रहेको र तीमध्ये २१ जना घाइतेको धवलागिरि अस्पताल बागलुङमा उपचार जारी रहेको जिल्ला प्रशासन कार्यालय बागलुङका डिएसपी मदन केसीले बताए। पाँच जना गम्भीर घाइतेलाई मणिपाल अस्पताल पोखरा रिफर गरिएको पनि उनले बताए। रूकुमपश्चिम मुसिकोट नगरपालिका–१ का ५२ वर्षीय दसरथ नेपाली, सोही जिल्लाको आठबिसकोट नगरपालिका– १ का २६ वर्षीय पुष्कर बुढा, मुसिकोट– १ का ३० वर्षीय छकेन्द्र जंग सेन, गुल्मी जिल्लाको मदाने गाँउपाकिा– १ का २४ वर्षीय गोबिन्द बोहरा दुर्घटनामा घाइते छन्। बोहरा बसका सहचालक हुन्। त्यस्तै, रुकुम पश्चिमको मुसिकोट नगरपालिका– ७ का ३५ वर्षीय हिमबहादुर पाण्डे, गुल्मी मालिका गाँउपालिका– १का ५० वर्षीय बलबहादुर पुन, सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका– ८ का २६ वर्षीय लक्ष्मण बोगटी, रुकुम पश्चिमका २२ वर्षीय टिकाराम बिक पनि दुर्घटनामा घाइते छन्। रूकुमपश्चिमकी २२ वर्षीया सबिना पुन मगर, सोही जिल्लाकै ३८ वर्षीय हेमराज केसी, मुसिकोट नगरपालिका– ३ का २४ वर्षीय गणेश खड्का, काठमाडौं टोखा नगरपालिका– ०३ की २३ वर्षीया सृष्टि गैरे, डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका– ३ का २८ वर्षीय आविस्कार धराला, रुकुम पश्चिम मुसिकोट नगरपालिका– ३ की २७ वर्षीया सरिता खड्का पनि दुर्घटनामा घाइते छन्। सोही ठाउँकी ३ महिनाकी शिशु ज्ञानु ढकाल, ललितपुर महानगरपालिका– १४ की २४ वर्षीया अनुज्ञा भट्टराई, रुकुम पश्चिम मुसिकोट नगरपालिका– ४ की ४६ वर्षीया बिना शर्मा, सोही ठाउँकै ४४ वर्षीया कमला केसी, २० वर्षीया लक्ष्मी पुन मगर, मुसिकोट– ३ का ५५ वर्षीय लिला केसी, सोही ठाउँका ३० वर्षीय सशिराम खड्का दुर्घटनामा घाइते छन्। रुकुम पश्चिम १८ वर्षीया सपना वली, मुसिकोट– ३ का ६० वर्षीय हर्कबहादुर केसी, सोही जिल्लाको सानोभेरी गाँउपालिका– १ का २६ वर्षीय दिनेश खड्का, मुसिकोट– ७ की २१ वर्षीया सोभा थापा र सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिका–२ का २६ वर्षीय देवेन्द्र रिजाल घाइते भएका छन्।