बागलुङ बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो (अपडेट)

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकका अनुसार घटनास्थलमा ७ जना र २ जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो ।

बागलुङ बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो (अपडेट)
काठमाडौं । पश्चिम रुकुमबाट काठमाडौंका लागि छुटेको बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । २५ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकका अनुसार घटनास्थलमा ७ जना र २ जनाको  बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो । रुकुम पश्चिमबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरकाे बस आज साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो । दुर्घटनाका घाइते २५ जनालाई उपचारका लागि धौलागिरि अस्पतालमा पठाइसकिएको प्रहरी निरीक्षक विकले जानकारी दिए । मृतक ७ जनाकाे शव रूकुम पश्चिम पठाइसकिएकाे छ ।