सुन तस्करी प्रकरण : सिआईबीले तीन जनालाई पक्राउ गरी छाडेको खुलासा

भेपको सुन बिक्री–वितरणमा संलग्न नन्दकुमारका भाइ ३९ वर्षीय साहेबराव पाडुरङ मरगलेलाई भने सीआईबी टोलीले पक्राउ गरेको थियो । उनी हाल पुर्पक्षका लागि जेल चलान भएका छन् । भेपको सुन चोरी गरी मरगले दाजुभाइले बिक्री गरेको खुलेको थियो ।

सुन तस्करी प्रकरण : सिआईबीले तीन जनालाई पक्राउ गरी छाडेको खुलासा
काठमाडौं । विद्युतीय सिगरेट (भेप) मार्फत गरिएको तस्करीको नौ किलो सुन चोरी प्रकरणमा जोडिएका एक भारतीय नागरिकलाई केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा नचलाई छाडेको खुलेको छ । भारतको महाराष्ट्रस्थित साङलीथाना आटपाडी घर भई काठमाडौंमा बस्दै आएका नन्दकुमार पाडुरङ मरगलेलाई सीआईबीले मुद्दा नचलाई छाडेको सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ । आयोगको प्रतिवेदनमा उल्लेख भएअनुसार सीआईबीले अछामका जीवन चलाउनेसँगै नेपाली नागरिक रामकृष्ण थापा पनि पक्राउ गरेर छाडेको पाइएको हो । भेपको सुन बिक्री–वितरणमा संलग्न नन्दकुमारका भाइ ३९ वर्षीय साहेबराव पाडुरङ मरगलेलाई भने सीआईबी टोलीले पक्राउ गरेको थियो । उनी हाल पुर्पक्षका लागि जेल चलान भएका छन् । भेपको सुन चोरी गरी मरगले दाजुभाइले बिक्री गरेको खुलेको थियो । साहेबरावले चोरीको सुन बिक्रीमा दाइ नन्दकुमारको संलग्नता रहेको बयान सीआईबीसमक्ष दिएका थिए । तर, सीआईबीले नन्दकुमारलाई प्रतिवादी समेत बनाएन ।