आज काठमाडौं उपत्यकामा हुने यी हुन् २१ कार्यक्रम (सूचीसहित)

१.नेपाल विद्यार्थी संघ पशुपति बहुमुखी क्याम्पस इकाई समितिले सुन तस्कर र सहकारी ठगहरुको गठबन्धन सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने । स्थान : पशुपति बहुमुखी क्यापस, मित्रपार्क । समय:७:०० बजे । २.नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोटको जिल्ला पदाधिकारी र नुवाकोट काठमाडौं सम्पर्क…

आज काठमाडौं उपत्यकामा हुने यी हुन् २१ कार्यक्रम (सूचीसहित)
१.नेपाल विद्यार्थी संघ पशुपति बहुमुखी क्याम्पस इकाई समितिले सुन तस्कर र सहकारी ठगहरुको गठबन्धन सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने । स्थान : पशुपति बहुमुखी क्यापस, मित्रपार्क । समय:७:०० बजे । २.नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोटको जिल्ला पदाधिकारी र नुवाकोट काठमाडौं सम्पर्क समितिका पदाधिकारीको संयुक्त बैठक बस्ने । स्थान : नागार्जुन पाटी प्यालेस, गुम्बा, बालाजु । समय : ८:१५ बजे । ३.नेकपा (माओवादी केन्द्र) निकट प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद कर्मचारी संगठनले राष्ट्रिय कर्मचारी संगठन केन्द्रिय समितिको पोखरा प्राविधिक शिक्षालय, पोखरामा सम्पन्न केन्द्रिय समितिको चौथो पूर्ण बैठकको निर्णय अनुसार पाँच बुंदे मागहरू राख्दै कालो ब्यानर सहित धर्ना कार्यक्रम गर्ने । स्थान : प्राविधिक शिक्षा तथा व्यवसाहिक तालिम परिषदको प्राङ्गण, सानोथिमी । समय : १०:०० बजे । ४.कोरियन भाषा पास गरी काेरिया जान नपाएका विद्यार्थीहरूले शान्तिपूर्ण रुपमा ज्ञापन पत्र बुझाउने । स्थान : इपिएस कार्यालय, ग्वार्को, ललितपुर । समय : १०:०० बजे । ५.प्रदिपकुमार ज्ञवाली, नारायणप्रकाश साउद र युवराज चौलागाईको उपस्थितिमा एनएलसी मोडेल संयुक्त राष्ट्र २०२४ को उद्घाटन समारोह हुने । स्थान :नेपाल ल क्यामपस, प्रदर्शनी मार्ग । समय : १०:३० बजे । ६. विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने । स्थान : समितिको सभाकक्ष, सिंहदरबार । समय : १०:३० बजे । ७.संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने । स्थान : समितिको सभाकक्ष, सिंहदरबार । समय : १०:३० बजे । ८.नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक बस्ने । स्थान : रोयल जडीबुटी बैंक्वेट, जडीबुटी चोक । समय : १०:३० बजे । ९.संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्ने । स्थान : संघीय संसद भवन, नयाँ बानेश्वर । समय : ११:०० बजे । १०.राष्ट्रिय सभा अन्तर्गतका दिगो विकास समिति र राष्ट्रिय सरोकार समितिका सभापतिहरुको सपथ ग्रहण कार्यक्रम हुने । स्थान : संघीय संसद सचिवालय, सिंहदरबार । समय : ११:०० बजे । ११.अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिले २६ औं सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा कार्यक्रम गर्ने । स्थान : पार्टी कार्यालय, कपुरधारा । समय : ११:०० बजे । १२.सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले निक्षेपको सावा व्याज अबिलम्बन फिर्ता र सुनिश्चितताको लागि चैत्र ३ गते देखि तिनकुने चौरको गैह्रिगाउँ पट्टी बसेको २४ घण्टे धर्ना कार्यक्रम यथावत साथै आज छलफल कार्यक्रम गर्ने । स्थान : तिनकुनेचौर । समय : ११:०० बजे । १३.अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिले २६ औं सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा प्रतिरोधी गीत-सङ्गीत एवम् कवितावाचन विशेष कार्यक्रम गर्ने । स्थान : इच्छुक सांस्कृतिक प्रतिष्ठान, घट्टेकुलो । समय : १२:०० बजे । १४.सिभिल सर्भिस अस्पतालको करार कर्मचारी हित संघर्ष समितिले सिभिल अस्पतालमा कार्यरत करार रेडियोलोजी तर्फका कर्मचारीहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट पदउन्नति गर्ने निर्णय विरुद्ध विभिन्न पाँच बुँदे माग राख्दै कालो ब्यानर र प्ले कार्ड प्रदर्शन सहित धर्ना दिने । स्थान : सिभिल सर्भिस अस्पताल, मिनभवन । समय : १३:०० बजे । १५.नेपाल डेरी एसोसिएसनले डिडिसीसँग सहकार्य गरि कृषि तथा पशुपन्छि विकास मन्त्री ज्वाला कुमारी शाहको विशेष उपस्थितिमा विद्यालयमा दुध तथा दुग्ध पदार्थको खपत वृद्धिका लागि प्रोलिफिक माध्यामिक विद्यालयमा बालबालिका बीच दुधपान कार्यक्रम गर्ने । स्थान : प्रेलिफिक मा।बि। धुम्बाराही हाइट । समय : १३:०० बजे । १६.नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ जिल्ला कमिटीको बाह्रौँ पूर्ण बैठक बस्ने । स्थान : ड्रिम हाउस, नयाँ बस्ति गोठाटार पहेलो पुलसंगै । समय : १३:०० बजे । १७.संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्ने । स्थान : संघीय संसद भवन, नयाँ बानेश्वर । समय : १३:१५ बजे । १८.त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन भएको १ बर्ष पुगेको अवसरमा बार्षिकप्रगति विवरण प्रस्तुत तथा नयाँ योजना सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने । स्थान : त्रिवि, कीर्तिपुर । समय : १३:३० बजे । १९.अठोट नेपालले आगामी ज्येष्ठ ७ र ८ गते दोस्रो राष्ट्रिय पर्यटन सम्मेलन तथा फोटोग्राफी प्रतियोगिताका बारेमा पत्रकार सम्मेलन गर्ने । स्थान : उड्डयन संग्रहालय, सिनामंगल । समय : १४:३० बजे । २०.बिबेकशिल साझा पार्टीका बिजयवाबु शिवाकोटी लगायतले माइतीघर मण्डलाको निशेषआज्ञा तत्काल फिर्ता गर्नुपर्ने माग राखि प्लेकार्ड प्रदर्शन गर्ने । स्थान : माइतीघर मण्डला । समय : १६:३० बजे । २१.राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानको नागरिक मिटर ब्याज तथा पीडित कृषक विभागले फागुन २२ गते १४:०० बजे देखि तिनकुने चौरमा विभिन्न माग राखि बसेको अनिश्चित कालिन रिले अनसन कार्यक्रम यथावत । २२.लघुवित्त तथा वित्तीय संस्थाको शोषण बिरुद्ध संघर्ष समिति फागुन १ गते देखि मुङ्लिनबाट पैदल आई फागुन ६ गतेबाट भण्डारखाल र फागुन २० गते बाट थापाथली चेसपार्कमा बसेकोमा फागुन २८ गते देखि पुनः भण्डारखालको खाली पार्किङमा बसेको ।