काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थिरताको लागि कांग्रेस-एमाले मिलेर सरकार गठन गरोस् भन्ने चाहना व्यक्त गरेका छन् ।
बिहीबार संसद भवनमा सपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यदि राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि आवश्यकता सरकार निर्माणमा देखियो भने छलफल गरेर अघि बढ्ने बताए । यद्यपी, मन्त्री पदको लागि मात्रै सरकारमा जाने काम राप्रपाबाट नहुने पनि उनले स्पष्ट पारे ।
नयाँबानेश्वरस्थित संघीय संसद भवनमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
प्रतिनिधिसभामा २७५ सदस्य रहेका छन् । उनीहरुले नेपालीसहित मातृभाषामा पनि शपथ लिएका छन् ।
कांग्रेस-एमाले मिलेर सरकार गठन गरोस् भन्ने चाहना छ : राजेन्द्र लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थिरताको लागि कांग्रेस-एमाले मिलेर सरकार गठन गरोस् भन्ने चाहना व्यक्त गरेका छन् ।

