काठमाडौं । विराटनगरको नोबेल अस्पतालमा कार्यरत स्टाफ नर्सको हत्यामा संलग्न भनिएका युवा मृत भेटिएका छन्। स्टाप नर्स चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न भनिएका उनका प्रेमी २२ वर्षीय शिवशंकर दास मृत भेटिएका हुन् । नोबेल अस्पतालअगाडि एक होटलको कोठामा गएराति उनी झुण्डिएको अवस्थामा मृत भेटिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।
सिराहको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स चन्द्रिकुमारी विराटनगर–४ स्थित एक घरमा हत्या गरेको अवस्थामा शव भेटिएको थियो । उनको शुक्रबार दिउँसो हत्या भएको अवस्थामा बाथरुममा शव भेटिएको थियो ।
चन्द्रिकाको हत्यापछि फरार शिवशंकरको खोजी गर्ने क्रममा आत्महत्या गरेको अवस्थामा शव भेटिएको एसपी कार्कीले बताए । ‘हामीले प्राविधिक रूपमा पनि अनुसन्धान गर्दै आएका थियौं । त्यही क्रममा आइतबार दिउँसो विराटनगरको कन्चनबारीतिर शिशवंकरले प्रयोग गर्ने फोनको लोकेसन देखाएको थियो । ट्र्याक गर्दै खोजी गर्ने क्रममा होटलमा प्रहरी टोली पुगेको थियो । एउटा होटलको ढोका खुलेन । त्यसपछि ढोका फोडेर हेर्दा झुण्डिएको अवस्थामा शव भेटिएको हो,’ एसपी कार्कीले भने ।
शिवशंकर मृत भेटिएको होटल नर्स चन्द्रिकाको हत्या भएको कोठादेखि करिब ३ सय मिटर पूर्व दक्षिणमा पर्दछ । शिवशंकर र चिन्द्रिका चार वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरीले जनाएको छ । शिवशंकर वैदेशिक रोजगारीमा मलेसिया गएका थिए । उनी वैदेशिक रोजगारमा गएपछि चन्द्रिकाको सिराहाका एक युवकसँग प्रेम सम्बन्ध रहेको खुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
‘चन्द्रिकाले प्रेममा धोका दिएपछि हत्या गरेको देखिन्छ,’ घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘अब म पनि आत्महत्या गर्छु भनेर शिवशंकरले दिदीलाई आइतबार दिउँसो फोन गरेर भनेको रहेछन् ।’
स्टाफ नर्सको हत्यामा संलग्न भनिएका युवा पनि मृत भेटिए
सिराहको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स चन्द्रिकुमारी विराटनगर–४ स्थित एक घरमा हत्या गरेको अवस्थामा शव भेटिएको थियो । उनको शुक्रबार दिउँसो हत्या भएको अवस्थामा बाथरुममा शव भेटिएको थियो ।

