२६ दिने शिशु चोरेको आरोप लागेकी मनकुमारीलाई डेढ लाख धरौटीमा छोड्न आदेश

उक्त मुद्दाको सुनुवाइपछि न्यायाधीश अधिकारीले मानकुमारीलाई धरौटीमा छाड्न आदेश दिएका हुन्। यसअघि पक्राउ परेका उनका पतिसहित दुईजना मुद्दा नै नचलाई रिहा भइसकेका छन्।

२६ दिने शिशु चोरेको आरोप लागेकी मनकुमारीलाई डेढ लाख धरौटीमा छोड्न आदेश
काठमाडौं । २६ दिने शिशु चोरी आरोप लागेकी दैलेखकी मानकुमारी सिंहलाई जिल्ला अदालतल काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। सिंहलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजालस १ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। गत फागुन ११ गते थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालबाट बच्चा चोरी आरोपमा पक्राउ परेकी उनलाई अपहरण तथा शरीर बन्धकको मुद्दा चलाइएको थियो। उक्त मुद्दाको सुनुवाइपछि न्यायाधीश अधिकारीले मानकुमारीलाई धरौटीमा छाड्न आदेश दिएका हुन्। यसअघि पक्राउ परेका उनका पतिसहित दुईजना मुद्दा नै नचलाई रिहा भइसकेका छन्। घटनाकै राति पक्राउ परेकी दैलेख घर भई काठमाडौं बस्ने मानकुमारीविरुद्ध अनुसन्धान सकेर सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा आइतबार मुद्दा दायर गरेको थियो।