१७ सांसद शपथ ग्रहणमै अनुपस्थित

प्रतिनिधिसभा सदस्यमा पदको शपथ ग्रहण कार्यक्रममा १७ जना सांसद अनुपस्थित रहेका संघीय संसद सचिवालयले जनाएको छ ।

१७ सांसद शपथ ग्रहणमै अनुपस्थित
काठमाडौं । प्रतिनिधिसभा सदस्यमा पदको शपथ ग्रहण कार्यक्रममा १७ जना सांसद अनुपस्थित रहेका संघीय संसद सचिवालयले जनाएको छ । बिहीबार दिउँसो भएको शपथ ग्रहण कार्यक्रममा उनीहरु उपस्थित नभएका संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार अनुपस्थित १७ जना सांसदहरूको शपथपछि हुनेछ ।