आज प्रतिनिधिसभाको बैठक, यी हुन् सम्भावित कार्यसूची

जसअनुसार शिक्षामन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

आज प्रतिनिधिसभाको बैठक, यी हुन् सम्भावित कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । बिहान ११ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बोलाइएको बैठकका लागि दुई सम्भावित कार्यसूची तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ । जसअनुसार शिक्षामन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । यस्तै आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा पनि छलफल जारी रहनेगरी कार्यसूची बनाइएको छ ।