आज काठमाडौं उपत्यकामा हुँदैछन् यी १९ कार्यक्रम (सूचीसहित)

काठमाडौं उपत्यकामा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । प्राप्त सूचीअनुसार १९ वटा कार्यक्रमहरु हुने भएका छन् ।

आज काठमाडौं उपत्यकामा हुँदैछन् यी १९ कार्यक्रम (सूचीसहित)
काठमाडौं । काठमाडौं उपत्यकामा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । प्राप्त सूचीअनुसार १९ वटा कार्यक्रमहरु हुने भएका छन् । उपत्यकामा आज हुने कार्यक्रमहरू १. अर्थमन्त्री वर्षमान पुनको प्रमुख आतिथ्यतामा नागरिक लगानी कोषको ३४ औं वार्षिकोत्सव कार्यक्रम हुने । स्थान: नागरिक लगानी कोष भवन, नयाँ बानेश्वर । समय: ८ः०० बजे । २.श्रमजिबि पत्रकार संघ नेपाल केन्द्रिय समितिले काठमाडौं महानगर प्रहरी द्वारा श्रमजीवी पत्रकार माथि कुटपिट भएको विषयलाई लिएर रिले अनसन बस्ने । स्थान: राष्ट्रिय सभागृह गेट, प्रदर्शनी मार्ग । समय: १०ः०० बजे । ३. नेकपा (माओवादी केन्द्र) निकट प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद कर्मचारी संगठनले राष्ट्रिय कर्मचारी संगठन केन्द्रिय समितिको पोखरा प्राविधिक शिक्षालय, पोखरामा सम्पन्न केन्द्रिय समितिको चौथो पूर्ण बैठकको निर्णय अनुसार पाँच बुंदे मागहरू राख्दै कालो ब्यानर सहित धर्ना कार्यक्रम गर्ने । स्थान: प्राविधिक शिक्षा तथा व्यवसाहिक तालिम परिषदको प्राङ्गण, सानोथिमी । समय: १०ः०० बजे । ४.सन्त निरंकारी मण्डल नेपालले सन्त समागम कार्यक्रम गर्ने । स्थान: सल्लाघारी तिनकुने चौर, भक्तपुर । समय: १०ः३० बजे । ५.संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्ने । स्थान: संघीय संसद भवन, नयाँ बानेश्वर । समय: ११ः०० बजे । ६. नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने । स्थान: केन्द्रीय कार्यालय, तिनकुने । समय: १२ः०० बजे । ७.सिभिल सर्भिस अस्पतालको करार कर्मचारी हित संघर्ष समितिले सिभिल अस्पतालमा कार्यरत करार रेडियोलोजी तर्फका कर्मचारीहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट पदउन्नति गर्ने निर्णय विरुद्ध विभिन्न पाँच बुँदे माग राख्दै कालो ब्यानर र प्ले कार्ड प्रदर्शन सहित धर्ना दिने । स्थान: सिभिल सर्भिस अस्पताल, मिनभवन । समयः १३ः०० बजे । ८.नेपाल तामाङ घेदुङ सङ्घीय कार्यालयले नेपाल तामाङ घेदुङको सल्लाहकार समेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङलाई बधाई तथा सम्मान कार्यक्रम गर्ने । स्थान: नेपाल तामाङ घेदुङको सभाहल चुच्चेपाटी, चाबाहिल ।। समय: १३ः०० बजे । ९.संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने । स्थान: सिंहदरबार । समय: १३:०० बजे । १०.दक्षिण एसियाली भ्रातृत्व सांस्कृतिक आदानप्रदान कार्यक्रम हुने । स्थान :राष्ट्रिय सभा गृह प्रदर्शनी मार्ग । समय: १३ः०० बजे । ११.विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने । स्थान: सिंहदरबार । समय: १४स्०० बजे । १२.नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाजको सहकार्यमा मिटर ब्याज ः सामाजिक समस्या र समाधान विषयक अन्तक्रिया कार्यक्रम गर्ने । स्थान: नेपाल प्रज्ञा प्रतिष्ठान, देवकोटा सभाकक्ष कमलादी । समय:१४ः०० बजे । १३.नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीको बैठकको सन्दर्भमा छलफल गर्ने । स्थान: जिल्ला पार्टी कार्यालय, सुकेधारा । समय: १५ः०० बजे । १४.वैशाख १५ गते हुने इलाम क्षेत्र नं. २ को उपनिर्वाचनका लागि मिलन लिम्बूको उम्मेदवारी घोषणा कार्यक्रम हुने । स्थान: युनियन हाउस, अनामनगर । समय: १५ः०० बजे । १५.विवेकशील साझा पार्टीका बिजयवाबु शिवाकोटी लगायतले माइतीघर मण्डलाको निशेधआज्ञा तत्काल फिर्ता गर्नुपर्ने माग राखि प्लेकार्ड प्रदर्शन गर्ने । स्थान: माइतीघर मण्डला । समय: १६ः३० बजे । १६.सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले निक्षेपको सावा व्याज अबिलम्बन फिर्ता र सुनिश्चितताको लागि चैत्र ३ गते देखि तिनकुने चौरको गैह्रिगाउँ पट्टी बसेको २४ घण्टे धर्ना कार्यक्रम यथावत । १७.राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानको नागरिक मिटर ब्याज तथा पीडित कृषक विभागले फागुन २२ गते १४ः०० बजे देखि तिनकुने चौरमा विभिन्न माग राखि बसेको अनिश्चित कालिन रिले अनसन कार्यक्रम यथावत । १८. लघुवित्त तथा वित्तीय संस्थाको शोषण बिरुद्ध संघर्ष समिति फागुन १ गते देखि मुङ्लिन बाट पैदल आई फागुन ६ गते बाट भण्डारखाल र फागुन २० गते बाट थापाथली चेसपार्कमा बसेकोमा फागुन २८ गते देखि पुन भण्डारखालको खालि पार्किङमा बसेको (चैत्र २ गते सरकार संग सहमति भएपनि अझै केही दिन सोही स्थानमा बस्ने) । १९।शान्तिवाटिकामा विभिन्न मिति देखि बसि फागुन ४ गते देखि भृकुटी मण्डपमा सरेको पीडित आरती रावल गिरि र तेल बहादुर घले लगायतको अनशन तथा धर्ना कार्यक्रम जारी ।