विवेकशील साझा पार्टीका अध्यक्षसहित ९ जना पक्राउ

माइतीघरमण्डला र आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको विरोधमा प्रदर्शन गर्न पुगेका उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

विवेकशील साझा पार्टीका अध्यक्षसहित ९ जना पक्राउ
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बाँस्कोटा, महासचिव रञ्जु दर्शनासहित ९ जना पक्राउ परेका छन् । माइतीघरमण्डला र आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको विरोधमा प्रदर्शन गर्न पुगेका उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । ‘माइतीघरलाई निषेधित क्षेत्र तोकिएको विरोधमा आज प्रदर्शन गर्न पुगेका ९ जनालाई नियन्त्रणमा लिइएको छ,’ उनले भने ।