मनि ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार

उनलाई उपचारको लागि वीरगञ्ज ल्याइएको छ । लुटपाट गर्ने उद्देश्यले मनि ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार भएको हुनसक्ने तर घटनाको बारेमा बिस्तृत अनुसन्धान भइरहेको गिरीले बताइन्।

मनि ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार
वीरगञ्ज । रौतहटमा शुक्रबार दिउँसो एक जना मनि ट्रान्सफरका सञ्चालकमाथि लुटेरा समूहले गोली प्रहार गरेको छ । जिल्लाको परोहा नगरपालिका–९ रामपुरखाप स्थित रहेको शिवम मनि ट्रान्सफरका सञ्चालक नितेश साहमाथि गोली प्रहार भएको हो । सञ्चालकमाथि गोली प्रहार गर्ने समुहलाई पक्राउ गरिएको रौतहटकी प्रहरी प्रबक्ता एवम् डिएसपी एलिजा गिरीले जानकारी दिइन्। उनलाई उपचारको लागि वीरगञ्ज ल्याइएको छ । लुटपाट गर्ने उद्देश्यले मनि ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार भएको हुनसक्ने तर घटनाको बारेमा बिस्तृत अनुसन्धान भइरहेको गिरीले बताइन्।