सीआईबीका दुई डीएसपीलाई जिम्मेवारीबाट हटाइयो

सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित आयोगले बिहीबार बुझाएको प्रतिवेदनमा सीआईबीले गरेको अनुसन्धानमा गम्भीर त्रुटि रहेको निष्कर्ष निकाल्दै ब्यूरो प्रमुख किरण बज्राचार्यसहितका अधिकृतलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

सीआईबीका दुई डीएसपीलाई जिम्मेवारीबाट हटाइयो
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का दुई जना डीएसपी जिम्मेवारीबाट हटाइएका छन् । सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले कारबाही गर्न सिफारिस गरेको डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाललाई प्रहरी प्रधान कार्यालय तानिएको हो । समितिको प्रतिवेदनले कुँवर र दाहाललाई कारबाही गर्न सिफारिस गरेपछि उनीहरुलाई सीआईबीबाट हटाउने निर्णय भएको हो । सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित आयोगले बिहीबार बुझाएको प्रतिवेदनमा सीआईबीले गरेको अनुसन्धानमा गम्भीर त्रुटि रहेको निष्कर्ष निकाल्दै ब्यूरो प्रमुख किरण बज्राचार्यसहितका अधिकृतलाई कारबाही गर्न सिफारिस गरेको थियो ।