कार्यपालिका बैठकमै कुटिए प्रमुख प्रशासकीय अधिकृत, टाउकोमा लगाइयो तीन टाँका

बैठकमा प्रमुख प्रशासकीय अधिकृत जोशी, प्रवक्ता सिंह र कार्यपालिका सदस्यहरूबीच केहीबेर भनाभन भएको थियो । बैठकमा विरोध चर्किँदै गएपछि कार्यपालिका सदस्यहरूले उनीहरूमाथि आक्रमण गरेका हुन्।

कार्यपालिका बैठकमै कुटिए प्रमुख प्रशासकीय अधिकृत, टाउकोमा लगाइयो तीन टाँका
काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशी र नगर प्रवक्ता खगेन्द्र सिंहमाथि कुटपिट भएको छ । नगर प्रमुख भरत बडायर जोशीका अनुसार बिहीवार बजेट संशोधन गर्नेसहित १३ एजेन्डामाथि छलफल गर्न बैठक डाकिएको थियो । बैठकमा प्रमुख प्रशासकीय अधिकृत जोशी, प्रवक्ता सिंह र कार्यपालिका सदस्यहरूबीच केहीबेर भनाभन भएको थियो । बैठकमा विरोध चर्किँदै गएपछि कार्यपालिका सदस्यहरूले उनीहरूमाथि आक्रमण गरेका हुन्। प्रशासकीय अधिकृत जोशीको टाउकोमा ३ टाँका लगाउनु परेको छ । जोशी नगरमा निजामती क्षेत्रका सबैभन्दा माथिल्लो श्रेणीका हाकिम हुन् । अहिले घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । नगरपालिकाका योजना अधिकृत रहेका जोशीलाई मङ्सिर पहिलो साता मात्रै निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो ।