बोलेरो जिप दुर्घटना : ७ जनाको मृत्यु, ६ जना घाइते

धरानबाट भोजपुरको घोरेटारतर्फ जाँदै गरेको बोलेरो बिहीबार उदयपुरको बेलका नगरपालिका ७ मैनामैनीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उपयपुरका प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए।

बोलेरो जिप दुर्घटना : ७ जनाको मृत्यु, ६ जना घाइते
काठमाडौं । उदयपुरमा बोलेरो दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। धरानबाट भोजपुरको घोरेटारतर्फ जाँदै गरेको बोलेरो बिहीबार उदयपुरको बेलका नगरपालिका ७ मैनामैनीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उपयपुरका प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए। 'उनका अनुसार दुर्घटनामा परेको बोलेरोको नम्बर खुलेको छैन । घाइते यात्रुले बोलेरोमा १५ जना सवार रहेको बताएका छन्,' उनले भने, ‘जसमध्ये ७ जनाको मृत्यु भएको खबर आएको छ।' जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक सुदिपराज पाठकले स्थानीयसँगको समन्वयमा प्रहरीले अहिले मृतक र घाइतेको उद्धार चलिरहेको जानकारी दिए।