काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग ताहाचलका नायब सुब्बालाई घुससहित नियन्त्रणमा लिएको छ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार वैदेशिक रोजगार विभागमा कार्यरत (नासु) लेखापाल प्रमोद निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी अख्तियारमा परेको थियो। सोही निवेदनका आधारमा टंगालबाट टोली खटिएको थियो।
उक्त टोलीले उनलाई सेवाग्राहीबाट १५ हजार घुस लिइसकेको र कार्यकक्षबाट स्रोत नखुलेको ७१ हजार ६ सय ३० रूपैयाँसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले बताए।
वैदेशिक रोजगार विभागका नासु घुससहित अख्तियारको फन्दामा
उक्त टोलीले उनलाई सेवाग्राहीबाट १५ हजार घुस लिइसकेको र कार्यकक्षबाट स्रोत नखुलेको ७१ हजार ६ सय ३० रूपैयाँसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।