गृह सचिवमा एकनारायण अर्याल

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अर्याललाई गृह सचिव बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मaन्त्रिपरिषद् कार्यालयमा ल्याइएको छ ।

गृह सचिवमा एकनारायण अर्याल
काठमाडौं । गृह सचिवका रूपमा एकनारायण अर्यालको सरुवा भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अर्याललाई गृह सचिव बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मaन्त्रिपरिषद् कार्यालयमा ल्याइएको छ । अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृहमा ल्याइएको हो । अर्याल गृहका क्याडर हुन् । सहसचिवका रूपमा लामो समय बसेका अर्याल काठमाडौंको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भई काम गरेका थिए ।