कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवारमा युवराज शर्मालाई उठाउने

शर्मा लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए। नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको सचिवालयका निजी सचिव केशवराज जोशीले बताए ।

कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवारमा युवराज शर्मालाई उठाउने
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षका लागि युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आइतबार बसेको कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । शर्मा लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए। नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको सचिवालयका निजी सचिव केशवराज जोशीले बताए । यसअघि कृष्ण सिटौलालाई अध्यक्षको रुपमा चर्चा गरिएको थियो । तर सत्ता गठवन्धन छोडेर माओवादी केन्द्र एमालेसँग गठवन्धन गरेपछि शर्मालाई उम्मेदबार बनाउने निर्णय गरेको हो ।