आफ्नै छोरी बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ

घरमा कोही नभएको बेला उनले छोरीलाई बलात्कार गरेका बताइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र साउदका अनुसार बालिकाको स्वाब संकलन गरेर विधिविज्ञान प्रयोगशाला पठाउने तयारी भइरहेको छ।

आफ्नै छोरी बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ
काठमाडौं । आफ्नै छोरी बलात्कार गरेको अभियोगमा अछाममा एक पुरुष पक्राउ परेका छन्। अछाम जिल्लाको मंगलसेन नगरपालिकाका ती व्यक्तिलाई आफ्नी १२ वर्षीया छोरी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। घरमा कोही नभएको बेला उनले छोरीलाई बलात्कार गरेका बताइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र साउदका अनुसार बालिकाको स्वाब संकलन गरेर विधिविज्ञान प्रयोगशाला पठाउने तयारी भइरहेको छ। स्वास्थ्य जाँचपछि बालिकालाई सुरक्षित आवासगृहमा राखिएको साउदले जानकारी दिए । पक्राउ परेका ३५ वर्षीय बाबुलाई जिल्ला अदालत अछामबाट सात दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ।