काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको एजेन्डामा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
इकोनोमिक एजेन्डामा राजनीतिक दलहरू एक ठाउँमा नआईकन देशको अर्थतन्त्र अघि बढ्न नसक्ने उनले उल्लेख गरे । देश रहे, समृद्ध राष्ट्र भए नै राजनीति गर्ने ठाउँ हुने उनले बताए ।
“हामी आग्रह गर्दछौँ, कम से कम इकोनोमिक एजेन्डामा राजनीतिक दलहरू एक ठाउँमा आउनुपर्छ । इकोनोमिक एजेन्डामा यहाँहरू एक ठाउँमा आउनुभयो भने मलाई लाग्छ, अरू चिजहरू, देश रह्यो भने, व्यावसायिक एक्टिभिटी बढ्यो भने, रोजगारी सिर्जना भयो भने र रेभिन्यु कलेक्सन भयो भने साँच्चै समृद्ध राष्ट्र भयौँ भने मलाई लाग्छ,” उनले भने, “त्यसपछि हामी राजनीति आफ्नो पार्टीबाट गर्दै गरौँला ।
निजी क्षेत्रका आर्थिक एजेन्डामा सबै राजनीतिक दलले प्रतिबद्धता जनाउनुपर्नेमा उनले जोड दिए । “चैत्र २८ गते हाम्रो साधारणसभा आउँदै छ, हामीले के भनेका छौँ भने सबै राजनीतिक दलका अध्यक्षज्यूहरू, पूर्वप्रधानमन्त्रीज्यूहरू र खासगरी प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबैको प्रतिनिधित्व हुने गरी एउटा कार्यक्रम गर्न लागेका छौँ,” उनले भने, “जहाँ हाम्रा आर्थिक एजेन्डाहरूलाई सबै राजनीतिक दलले ऐक्यबद्धताको रूपमा वास्तवमा त्यो प्रतिबद्धतालाई सबैको सहमति होस् भन्ने चाहना छ ।”
अर्थतन्त्रको एजेन्डामा दलहरू एक ठाउँमा उभिनुपर्छ : अध्यक्ष ढकाल
इकोनोमिक एजेन्डामा राजनीतिक दलहरू एक ठाउँमा नआईकन देशको अर्थतन्त्र अघि बढ्न नसक्ने उनले उल्लेख गरे । देश रहे, समृद्ध राष्ट्र भए नै राजनीति गर्ने ठाउँ हुने उनले बताए ।

