काठमाडौं । शुक्रबार महाशिवरात्रि पर्व मनाइँदै छ। महाशिवरात्रि पर्वका अवसरमा देशभरका शिवालयहरूमा भगवान् शिवको विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।
आज पाशुपत क्षेत्रमा भगवान् शिवको विशेष अनुष्ठान र पूजा अर्चना हुनेगर्छ। वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन्। शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरहरूमा दर्शनार्थीहरुको घुइँचो छ ।
आज भक्तजनहरू व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजाअर्चना गर्छन्। आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाइ भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाइ खाने पनि चलन रही आएको छ
गुठी संस्थानले महाशिवरात्रि पर्व व्यवस्थापनका लागि ४० लाख खर्च हुने जनाएको छ। महाशिवरात्रि पर्वको तयारीबारे संस्थानको त्रिपुरेश्वरस्थित प्रधान कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा संस्थानका अध्यक्ष शिवराज पण्डितले गुठीको करिब १५ करोड बजेटमध्ये महाशिवरात्रिमा प्रत्येक वर्ष करिब ४० लाख खर्च हुने गरेको बताए।
‘महाशिवरात्रि पर्वलगायत जात्रा पर्वमा संस्थानको वार्षिक बजेटको करिब २० प्रतिशत खर्च गर्ने र जनशक्ति पनि लगानी गरेको संस्थानको कामको प्रचारप्रसार हुन सकेन,’ पण्डितले बताए।
आजै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले आफ्नो स्थापनाको २६१ औं वार्षिकोत्सवका शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिकासाथ मनाउँदै छ।
राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
आज महाशिवरात्री पर्व
शुक्रबार महाशिवरात्रि पर्व मनाइँदै छ। महाशिवरात्रि पर्वका अवसरमा देशभरका शिवालयहरूमा भगवान् शिवको विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।

