काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
केन्द्रीय कार्यालय बालकुमारीमा बिहीबार बिहान ८ बजे बैठक बस्ने पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए। जसपाले सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरिसकेको छ ।
जसपाको केन्द्रीय कार्यकारिणीको बैठक बुधबार पनि बसेको थियो। बुधबारको बैठकमा मधेस प्रदेशमा पाँचै वर्ष सरकारको नेतृत्व गर्ने सुनिश्चितता नभएसम्म मन्त्री नपठाउने अडान अधिकांश सदस्यहरूले राखेका थिए। प्रतिनिधि सभाका जसपाको १२ सिट छ।
मन्त्री टुंग्याउन जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
केन्द्रीय कार्यालय बालकुमारीमा बिहीबार बिहान ८ बजे बैठक बस्ने पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए। जसपाले सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरिसकेको छ ।