बागमती सरकारबाट बाहिरियो कांग्रेस, ६ जना मन्त्रीले बुझाए सामूहिक राजीनामा

बागमती प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ ।

बागमती सरकारबाट बाहिरियो कांग्रेस, ६ जना मन्त्रीले  बुझाए सामूहिक राजीनामा
हेटौंडा । बागमती प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । सत्ता समीकरणमा फेरबदल आएसँगै कांग्रेसले मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । बुधबार मुख्यमन्त्री जम्कट्टेललाई भेटेर कांग्रेसका ६ जना मन्त्रीले सामूहिक राजीनामा बुझाएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता तथा आर्थिक मामिलामन्त्री बहादुरसिंह लामाले मुख्यमन्त्रीलाई राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए । २५ पुसमा माओवादी केन्द्रको नेतृत्वमा एमाले र राप्रपाबीचको सरकार बनेको थियो । तर त्यतिबेला केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि कांग्रेससँग गठबन्धन गरेपछि मुख्यमन्त्री जम्कट्टेलले २६ चैत २०७९ मा कांग्रेसलाई सरकारमा सहभागी गराएका थिए ।