ठाकुर,राउत र चौधरी कांग्रेससँगको छलफलमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन वटा दलका अध्यक्षहरूसँग बूढानिलकण्ठमा छलफल गरेका छन्।

ठाकुर,राउत र चौधरी कांग्रेससँगको छलफलमा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन वटा दलका अध्यक्षहरूसँग बूढानिलकण्ठमा छलफल गरेका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीसँग देउवाले बुधबार अपराह्न निवासमै छलफल गरेका हुन्। छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता शेखर कोइराला र प्रमुख सचेतक रमेश लेखक पनि सहभागी छन्। सभापति देउवाले बुधबार बिहान कोटेश्वर पुगेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए।