फाइल तस्बिर
काठमाडौं । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको बस आज बिहान धादिङ, गजुरी ५ घाटबेँसीस्थित त्रिशूली नदीमा खसेको छ। लु २ ख २१२१ नम्बरको बस आज बिहान धादिङको गजुरी गाउँपालिका ५ घाटबेशीस्थित पृथ्वी लोकमार्गबाट त्रिशुली नदीमा खसेको हो ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले दिएको जानकारीअनुसार दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ३३ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट खटिएको टोलीले उद्धार गरेको छ।
उक्त स्थानमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमान्डमा ६ जना गोताखोरसहित २० जनाको टोली खटिएको डीएसपी थापाले जानकारी दिए।
काठमाडौं आउँदै गरेको बस दुर्घटना अपडेट : चार जनाको मृत्यु, ३३ जनाको उद्दार