काठमाडौं । कपिलबस्तबाट काठमाडौं आउँदै गरेको लु २ ख २१२१ नम्बरको बस आज बिहान धादिङको गजुरी गाउँपालिका ५ घाटबेशीस्थित पृथ्वी लोकमार्गबाट त्रिशुलीमा खसेको छ ।
प्रहरीका अनुसार दुर्घटनामा केही मृत्यु भएको छ । तर, यकिन विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
दुर्घटनास्थलमा सशस्त्र प्रहरी बलको टोली पुगेको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेश आदमघाटबाट खटिएको टोली घटनास्थल पुगेको हो ।
काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खस्यो
आज बिहान धादिङको गजुरी गाउँपालिका ५ घाटबेशीस्थित पृथ्वी लोकमार्गबाट बस त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

