एक्कासी फेसबुकमा समस्या

नेपाली समय अनुसार मंगलबार रातिदेखि यो समस्या देखिएको हो । विश्वभरका प्रयोगकर्ताले फेसबुकमा समस्या देखिरहेको गुनासो गरेका छन् ।

एक्कासी फेसबुकमा समस्या
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । प्रयोगकर्ताहरुले एकाएक फेसबुक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको गुनासो गरेका छन् । तर, समस्या उत्पन्न हुनुको कारणबारे हालसम्म फेसबुकले आधिकारिक रुपमा केही जानकारी दिएको छैन । नेपाली समय अनुसार मंगलबार रातिदेखि यो समस्या देखिएको हो । विश्वभरका प्रयोगकर्ताले फेसबुकमा समस्या देखिरहेको गुनासो गरेका छन् ।