काठमाडौं । मोरङमा झुण्डिएको अवस्थामा फेला परेका सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्यालको सुसाइड नोट भेटिएको छ । सुसाइड नोटमा डीएसपी बस्यालले राजीखुसीले निर्णय लिएको लेखेका छन् ।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईका अनुसार उनले ‘कसैलाई दुख नदिन र आफ्नो खुसीले निर्णय लिएको भनेका छन् ।’
‘मैले आफ्नै कारण यो निर्णय गरेको हुँ। मेरो गुल्मका केटाहरु सोझा छन्। अनुसन्धानका नाममा दुःख नदिनू’, सुसाइड नोटमा उल्लेख गरिएको छ, ‘जिन्दीमा सोचेजस्तो केही गर्न सकिएन। विभागका लागि पनि खास केही गर्न सकिएन। मेरो कमाण्डमा त्यस्तो उल्लेख्य काम गर्न सकिँन। सबै राम्रोसँग बस्नू, सरी।'
उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको प्रजिअ भट्टराईले बताए ।
पाल्पा स्थायी घर भएका ३८ वर्षीय बस्याल क्वार्टरको भान्सामा दिउँसो झुन्डिएको अवस्थामा फेला परेका थिए । उनी धनपालथान गाउँपालिका-३ स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म सोराभाग मोरङको गुल्मपति थिए ।
मृत फेला परेका डीएसपीको 'सुसाइट नोट' भेटियो
प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईका अनुसार उनले ‘कसैलाई दुख नदिन र आफ्नो खुसीले निर्णय लिएको भनेका छन् ।’ उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको प्रजिअ भट्टराईले बताए ।

