सुदुरपश्चिमका तीन मन्त्री बर्खास्त

केन्द्रमा कांग्रेस–माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीबाट सरकारमा सहभागी भएकाहरुलाई बर्खास्त गरेका हुन्।

सुदुरपश्चिमका तीन मन्त्री बर्खास्त
काठमाडौं । नेकपा (माओवादी केन्द्र)बाट सुदूरपश्चिम सरकारमा सहभागी दुई जना मन्त्री र एक राज्यमन्त्री बर्खास्त भएका छन्। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन्। केन्द्रमा कांग्रेस–माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीबाट सरकारमा सहभागी भएकाहरुलाई बर्खास्त गरेका हुन्। बर्खास्त हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माल रहेका छन्। यसअघि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादीबाट सहभागी दुई मन्त्रीलाई बर्खास्त गरेका थिए ।