माओवादीको पाँच मन्त्रालयमा दाबी, यी हुन् मन्त्रीका आंकाक्षी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा थप दलहरूलाई जोड्न र मन्त्रिपरिषद् विस्तार गर्न छलफल थालेका छन् । गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँटको बहस सुरु भएको छ ।

माओवादीको पाँच मन्त्रालयमा दाबी, यी हुन् मन्त्रीका आंकाक्षी
काठमाडौं । नयाँ सत्ता समीकरण बनेसँगै दलहरुबीच शक्ति बाँडफाँटको गृहकार्य शुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा थप दलहरूलाई जोड्न र मन्त्रिपरिषद् विस्तार गर्न छलफल थालेका छन् । गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँटको बहस सुरु भएको छ । गठबन्धनमा नेकपा माओवादी केन्द्रले पाँच वटा मन्त्रालयमा दाबी गरेको छ । स्रोतका अनुसार अर्थमन्त्रालय वा गृहमन्त्रालयसहित पाँच वटा मन्त्रालयमा माओवादी केन्द्रले दाबी गरेको छ । प्रचण्डले मन्त्रालयको भागबन्डा टुंग्याउन उपमहासचिव वर्षमान पुनलाई खटाएका छन् । स्रोतका अनुसार पुन अर्थ वा गृहमन्त्रालयको जिम्मेवारी लिएर जाने कुरा निश्चित जस्तै छ । उनीसँगै माओवादीबाट देवेन्द्र पौडेल, माधव सापकोटा, महेन्द्रबहादुर शाही मन्त्रीका आंकाक्षी देखिएका छन् । उनीहरू पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीसँग भेटवार्ता गरिरहेका छन् । प्रचण्डले हिजोमात्रै माओवादीबाट हितबहादुर तामाङलाई विना विभागीय मन्त्रीको शपथ गराएका छन् ।