काठमाडौं । मालपोत कार्यालय बुर्तिबाङका मालपोत अधिकृत शोभाकान्त पौडेलले राजीनामा दिएका छन् । अवकास हुन ९ वर्ष बाँकी हुँदै उनले राजीनामा बुझाएका हुन् ।
पौडेलले घराएसी समस्या भन्दै ९ वर्ष सेवा अवधि रहँदै राजीनामा बुझाएको भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता वेदप्रसाद आचार्यले न्यूज खरीलाई जानकारी दिए ।
'घरायसी समस्या रहेकाे भन्दै एक हप्ताअघि श्रीमतीसहित कार्यालयमा आउनुभएको थियो' आचार्यले भने, 'उहाँले दिएको राजीनामा स्वीकृत पनि भएको छ ।'
केही समयअघि कार्यालय समयमा मदिरा खाएर प्रशासनिक सेवा प्रवाह नै रोकेर मातेको अवस्थामा मालपोत अधिकृत पौडेल भेटिएका थिए । सोही पश्चात इलाका प्रहरी कार्यालय बुर्तिबाङले उनलाई नियन्त्रणमा लिइ जिल्ला प्रशासन कार्यालय बागलुङमा हाजिरी गराएको थियो ।
'उहाँको आदत मदिरा खाने रहेछ,' मालपोत कार्यालय बुर्तिबाङका एक कर्मचारीले भने, 'बारम्बार विवादमा आएपछि उहाँले राजीनामा बुझाउनु भएकाे बुझिएको छ । काठमाडौं आएर राजीनामा बुझाइ स्वीकृत गराएका अधिकृत पौडेल बुर्तिबाङकाे ९ महिना बसाइसँगै आज बिदाइ भएका छन् । मालपोतका कर्मचारीहरूले उनलाई बिदाइ गरेका हुन् ।
उनको बिदाइ भएसँगै रुकुमबाट कासिराम खड्कालाई मालपोत कार्यालय बुर्तिबाङको जिम्मेवारी दिइएको प्रवक्ता आचार्यले जानकारी दिए ।
याे पनि हेर्नुहाेस् :
सेवाग्राहीको काम ठप्प पारी मदिरामा लठ्ठ बुर्तिबाङका मालपोत प्रमुख पौडेल प्रहरी नियन्त्रणमा
बुर्तिबाङका मालपोत अधिकृत शोभाकान्त पौडेलले अवकासको ९ वर्षअघि नै दिए राजीनामा
उनको बिदाइ भएसँगै रुकुमबाट कासिराम खड्कालाई मालपोत कार्यालय बुर्तिबाङको जिम्मेवारी दिइएको प्रवक्ता आचार्यले जानकारी दिए ।

