काठमाडौं । पटक–पटक बदनियतपूर्वक अपराधिक कार्य गरेको देखिएपछि ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं। ८ स्थायी घर भएका अनिल श्रेष्ठमाथि प्रहरीले विशेष अनुसन्धान थालेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट श्रेष्ठले बदनियतपूर्वक अपराधिक गतिविधि गरेको खुलेसँगै उनीमाथि प्रहरीले ‘विशेष अनुसन्धान’ थालेको हो । प्राप्त सुचनाअनुसार श्रेष्ठमाथि नेपाल प्रहरीको साईबर ब्युरो, महानगरीय परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाले विशेष अनुसन्धान थालेको छ ।
पछिल्लोपटक बदयितपूर्वक तण्डुकार थरकी एकल महिलाको चेकमा आफूखुसी १ करोड ८६ लाख रुपैयाँ चेक रकम भरी बाउन्स गरेको पाइएसँगै उनको अन्य गतिविधितर्फ पनि प्रहरीले अनुसन्धान बढाएको अनुसन्धानमा संलग्न नेपाल प्रहरीका एक उच्च अधिकृतले जानकारी दिए ।
श्रेष्ठले मिलापत्र भइसकेको विषयलाई जालसाजीपूर्वक उठान गरेको पाइएको छ । परिसरमा उनीविरुद्धको जाहेरीमै अनुसन्धान भइरहेका छ भने अन्य निकायमा परेको पुरक जाहेरीका आधारमा उनीमाथि अनुसन्धान भइरहेको जनाएको छ ।
मिटरब्याज सम्बन्धी विचाराधीन मुद्दा मिलापत्रको क्रममा श्रेष्ठ र ती पीडितका श्रीमानबीचको कारोबारको व्यहोरा उल्लेख गरी श्रेष्ठ समेतलाई साक्षी राखेर २०८० साल पुस १७ गते हालसम्मका सबै विवाद समाधान गर्ने एउटा सम्झौता भएको थियो । त्यहीँ सम्झौता बमोजिम उनै श्रेष्ठको साक्षीमा जग्गासमेत पीडितको नाममा २०८० साल माघ ०४ गते पास भएको थियो । आफैँले गरेको पूर्वसहमति र आफ्नै साक्षीमा पास भएको जग्गा बदनियतपूर्वक रोक्का गरेको समेत खुलेको छ ।
सबै गतिविधिका कारण उनीमाथि गहिरो अनुसन्धान गर्नुपर्ने देखिएकाले अनुसन्धानलाई प्रभावकारी ढंगबाट अगाडि बढाउन लागेको ती प्रहरी अधिकारीको भनाई छ । ‘अनिल श्रेष्ठले हालसम्म गरेका सबै गतिविधिको हामी अनुसन्धान गर्छौ’ ती अधिकृतले भने, ‘उनको विगत त्यति राम्रो छैन, उनी अपराधिक गतिविधिमा संलग्न देखिएकाले हामी थप अनुसन्धानतर्फ लाग्दैछौँ ।’
उनी आपराधिक विश्वासघात मुद्दामा पक्राउ परेपछि प्रहरीले उनीबारे थप अनुसन्धान अघि बढाउने भएको हो । उनीमाथि प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ भने अनुसन्धानपछि प्रहरीले उनीसहितका संधिग्धमाथि अभियोगपत्र दायर गर्ने तयारी समेत गरिरहेको छ । एकल महिलाको चेकमा आफूखुसी रकम भराउने काममा ती महिलाकै परिवारका सदस्यले समेत विश्वासघात गरी ठगी गर्ने मनसाय गरेको पाइएको प्रहरीको भनाई छ ।
उनी यसअघि पनि पक्राउ परिसकेका व्यक्ति हुन् । २०७९ असारमा उनले आफ्नै सहकारीका व्यवस्थापकलाई फसाउन स्कुटरमा पेस्तोल र गोली राखेर फसाएका थिए ।
उनी त्यतिबेला लुभुको सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष समेत थिए । पेस्तोल व्यवस्थापकले राखेको भन्ने नखुलेपछि प्रहरीले अध्यक्ष श्रेष्ठलाई पक्राउ गरेको थियो ।
त्यति मात्रै होइन, बहुविवाह सम्बन्धी मुद्दामा समेत उनी पक्राउ परेका थिए । श्रेष्ठको यी सबै मुद्दा अदालतमा विचाराधीन छ । अनिलको विगतदेखि वर्तमानसम्मका अपराधिक गतिविधिमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टिमले समेत अनुसन्धान गरिरहेको उच्च स्रोतले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा अनिलले तीन सरकारी निकायमा एउटै दावी प्रस्तुत गरेर बदयितपूर्वक जालसाजी गरेको समेत खुलेको जनाएको छ । विगतदेखि नै अनिलले जालसाजीपूर्ण तरिकाले अपराधिक गतिविधि गरेको खुलेसँगै उनीमाथि थप अनुसन्धान जरुरी भएको जनाएको छ ।
अनिल श्रेष्ठको अपराधिक गतिविधिमाथि प्रहरीले थाल्यो ‘विशेष अनुसन्धान’
उनी त्यतिबेला लुभुको सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष समेत थिए । पेस्तोल व्यवस्थापकले राखेको भन्ने नखुलेपछि प्रहरीले अध्यक्ष श्रेष्ठलाई पक्राउ गरेको थियो ।

