काठमाडौं । आइतबार दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालका अधिकांश प्रदेशमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको अनुमान छ । सातमध्ये ६ वटा प्रदेशमा वर्षाको सम्भावना रहेको हो ।
‘सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती सहित कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भागका थोरै स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले आइतवार बिहान जारी गरेको सूचनामा भनिएको छ ।
काठमाडौं उपत्यकामा पनि बिहान छिटफुट वर्षा भएको छ । यस्तै देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।
यसैगरी राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । ‘कोशी, मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको साथै बाँकी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ,’ सूचनामा उल्लेख छ ।
त्यस्तै राति पनि देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको अनुमान छ ।
काठमाडौंसहित यी प्रदेशमा वर्षाको सम्भावना
त्यस्तै राति पनि देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको अनुमान छ ।

