नेपाललाई नेदरल्याण्ड्सले दियो १२१ रनको लक्ष्य

त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपाललाई नेदरल्यान्ड्सले जितका लागि १२१ रनको लक्ष्य दिएको छ ।

नेपाललाई नेदरल्याण्ड्सले दियो १२१ रनको लक्ष्य
काठमाडौं। त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपाललाई नेदरल्यान्ड्सले जितका लागि १२१ रनको लक्ष्य दिएको छ । नेदरल्याण्ड्सले १९. ३ ओभरमा सबै १० विकेट गुमाएर १२० रन बनाएको हो । नेदरल्याण्ड्सका म्याक्स ओडाउडले सर्बाधिक ३१ रन बनाए । टिम भान डर गुगटेन र रोलेफ भान डर मर्वेले २३/२३ र स्कट एडवार्ड्सले १८ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । नेपालका प्रतिश जिसीले तीन, करण केसी र कुशल मल्लले दुईरदुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।