स्वास्थ्य समूहतर्फ इन्सपेक्टरदेखि असईसम्म सशस्त्र प्रहरीले माग्यो २४ जना (सूचनासहित)

सशस्त्र प्रहरी बल, प्रधान कार्यालय मानवस्रोत विभाग भर्ना तथा छनोट शाखाले शुक्रबार सूचना जारी गर्दै स्वास्थ्य तर्फको रिक्त २४ पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो।

स्वास्थ्य समूहतर्फ इन्सपेक्टरदेखि असईसम्म सशस्त्र प्रहरीले माग्यो २४ जना (सूचनासहित)
काठमाडौं । सशस्त्र प्रहरीले प्राविधिक समूह (स्वास्थ्य) तर्फ २४ जना जनशक्ति भर्नाको लागि दरखास्त आह्वान गरेको छ। सशस्त्र प्रहरी बल, प्रधान कार्यालय मानवस्रोत विभाग भर्ना तथा छनोट शाखाले शुक्रबार सूचना जारी गर्दै स्वास्थ्य तर्फको रिक्त २४ पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि चैत १२ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।