शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

प्रहरीले शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अनुमति पाएको छ ।

शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । प्रहरीले शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अनुमति पाएको छ । काठमाडौं जिल्ला अदालतले कुटपिटको कसुरमा अनुसन्धानका लागि चार दिनको अनुमति दिएको काठमाडौं प्रहरी परिसरका सूचना अधिकारीले जानकारी दिए । बुधबार सिन्धुपाल्चोकबाट पक्राउ परेकी शर्मिलालाई काठमाडौं ल्याइएको थियो । उनलाई अहिले महाराजगञ्ज परिसरमा राखिएको छ । शर्मिलाविरुद्ध हास्यकलाकार पवन खतिवडा म्याकुरीुले जाहेरी दिएका थिए । पवन र उनकी श्रीमतीबीचको विवादमा शर्मिलाले पवनकी श्रीमतीलाई उचालेर कुटपिट गरेको आरोप लागेको छ ।