महानगरका प्रहरी र फुटपाथ व्यवसायीबीच झडप, ११ जना घाइते

नगर प्रहरी उपरीक्षक मनोज लामिछानेको टोलीले धरहरा अगाडि बसेका फुटपाथ व्यवसायी हटाउने क्रममा व्यावसायीले फुटपाथ छाड्न नमानेपछि उक्त घटना भएको नगर प्रहरीले जनाएको छ।

महानगरका प्रहरी र फुटपाथ व्यवसायीबीच झडप, ११ जना घाइते
काठमाडौं । काठमाडौं महानगरका प्रहरी र फुटपाथ व्यवसायीबीच बुधबार साँझ झडप हुँदा ११ जना घाइते भएका छन्। साँझ करिब सात बजे महानगरको टोली फुटपाथ व्यवसाय हटाउन जाँदा दुई पक्षबीच झडप भएको हो। उक्त झडपमा परी छ जना फुटपाथ व्यवसायी र पाँच जना नगर प्रहरी घाइते भएका छन्। नगर प्रहरी उपरीक्षक मनोज लामिछानेको टोलीले धरहरा अगाडि बसेका फुटपाथ व्यवसायी हटाउने क्रममा व्यावसायीले फुटपाथ छाड्न नमानेपछि उक्त घटना भएको नगर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइते प्रहरीहरूको वीर अस्पतालमा उपचार भइरहेको भने घाइते फुटपाथ व्यवसायीहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।