कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलवार उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर हुने फैसला गरेको हो।

कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौं । नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह भ्रष्टाचार मुद्दा दोषी ठहर भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलवार उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर हुने फैसला गरेको हो।​ सर्वोच्चले गरेको फैसलामा कैद र जरिवानाको सजाय भने खुल्न बाँकी छ । विशेष अदालतले दोषी ठहर गर्दै साढे ३ वर्ष कैद र साढे ३ करोड जरिवानाको फैसला सुनाएपछि उनी पुनरावेदनका लागि सर्वोच्च पुगेका थिए । तर सर्वोच्चले उनको पुनरावेदनमा दाबी नपुग्ने भन्दै दोषी ठहर गरेको हो । सिंहले सर्लाहीमा सिसौ काटेर भारतमा तस्करी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषमा मुद्दा दायर गरेको थियो । विशेषमा मुद्दा दायर हुनुभन्दा अगाडि उनी ६ महिना अख्तियारको हिरासतमा बसेका थिए ।​ मन्समरा सिँचाई आयोजनामा उपभोक्ता समितिको अध्यक्ष हुँदा भ्रष्टाचार गरेको कसूरमा पनि सिंह सर्वोच्चबाट दोषी ठहर भएका थिए ।