काठमाडौं । भोलि (शुक्रबार)बाट पुनः पश्चिमी वायु सक्रिय हुने भएको छ । मौसम विद्का अनुसार भोलि साँझबाट पश्चिमी क्षेत्र हुँदै पश्चिमी न्यूनचापीय प्रणाली पुनः केही दिन सक्रिय हुने हुने भएको छ ।
भोलिबाट नै छिटपुट हुँदै सुरु हुने वर्षा आइतबारसम्म जारी रहने मौसमविद् सञ्जिव अधिकारी बताउँछन् । भोलि राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने र सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।
शनिबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशसहित गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् अधिकारीको भनाइ छ । लुम्बिनी प्रदेशसहित गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा र बाँकी पहाडी भू–भागका एकदुई स्थानमा छिटफुटदेखि हल्का वर्षा हुनेछ ।
शनिबार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा वाग्मती प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने उनको भनाइ छ । वाग्मती प्रदेशको तराई र कोसी प्रदेशको पहाडी भू–भागका केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।
भोलिदेखि पश्चिमी वायु फेरि सक्रिय हुने, शुक्रबारदेखि आइतबारसम्म वर्षाको सम्भावना
भोलि (शुक्रबार)बाट पुनः पश्चिमी वायु सक्रिय हुने भएको छ । मौसम विद्का अनुसार भोलि साँझबाट पश्चिमी क्षेत्र हुँदै पश्चिमी न्यूनचापीय प्रणाली पुनः केही दिन सक्रिय हुने हुने भएको छ ।

