काठमाडौं । त्रिदेशीय शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले सन्दीप जोरालाई पाँचौँ र सोमपाल कामीलाई छैटौँ विकेटका रूपमा गुमाएको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याइरहेको नेपालले १४.६ ओभरमा जोरालाई र १५.३ ओभरमा सोमपाललाई गुमाएको हो । जोराले नेपाली टिमको खातामा आठ रन थप्दा सोमपाल ‘डक’ भए ।
जारी खेलको १६ ओभर समाप्त हुँदा नेपालले पाँच विकेट गुमाएर १२८ रन बनाएको छ । त्यसअघि टस हारेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १८४ रनको योगफल खडा गरेको थियो ।
सन्दीप पाँचौँ र सोमपाल छैटौँ विकेटको रूपमा आउट
देशीय शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले सन्दीप जोरालाई पाँचौँ र सोमपाल कामीलाई छैटौँ विकेटका रूपमा गुमाएको छ ।

