काठमाडौं । धादिङमा सामान उधारो नदिएको भन्दै पसल सञ्चालकमाथि कुटपिट भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका-१ पानीट्यांकीका किराना पसल सञ्चालक स्थानीय ५९ वर्षीय जिबबहादुर पाण्डेमाथि स्थानीय युवाहरुले कुटपिट गरेका हुन् । घटनामा पाण्डेका ३२ वर्षीय छोरा सन्तोष पनि घाइते भएका छन् ।
कुटपिट गर्नेमा स्थानीय २१ वर्षीय प्रकाश कुमाल, ३२ वर्षीय सुवास कुमाल र २४ वर्षीय गोरे कुमाल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । उनीहरुलाई पक्राउ भने गरिएको छैन । कुटपिटमा संलग्नमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घाइते बाबुछोराको प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटारमा उपचार भइरहेको छ ।
उधारो नदिएको भन्दै पसलेमाथि कुटपिट भएपछि...
धादिङमा सामान उधारो नदिएको भन्दै पसल सञ्चालकमाथि कुटपिट भएको छ ।

