नेदरल्याण्ड्सविरुद्ध रोहितको अर्धशतक

टी–२० त्रिकोणात्मक क्रिकेट सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले अर्धशतक पूरा गरेका छन्।

नेदरल्याण्ड्सविरुद्ध रोहितको अर्धशतक
काठमाडौं। टी–२० त्रिकोणात्मक क्रिकेट सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले अर्धशतक पूरा गरेका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा रोहितले ३५ बलमा अर्धशतक पूरा गरेका हुन्। सो क्रममा उनले ६ चौका र २ छक्का प्रहार गरेका छन्। नेपालका लागि यो उनको छैठौं अर्धशतक हो। ५० रन बनाएलगत्तै रोहित सिब्रान्डको बलमा विकेटकिपरबाट क्याच आउट हुन पुगे । नेपालले १८५ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरिरहेको छ